नियम १७
स्नातकोत्तर तहमा विद्यार्थी छनौट
(१) स्नातकोत्तर तह अध्ययनको लागि सार्वजनिक शिक्षण संस्थामा देहायको समूहबाट देहाय बमोजिमको सिटमा विद्यार्थी छनौट गरिनेछ:- (क) खुला प्रतियोगिताबाट -साठी प्रतिशत (ख) सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीबाट - तीस प्रतिशत (ग) विदेशी विद्यार्थीबाट - दश प्रतिशत स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी” भन्नाले प्रचलित कानून बमोजिम गठन भएको नेपाल स्वास्थ्य सेवाको स्थायी पदमा कार्यरत, सैनिक प्राविधिक सेवाको सैनिक स्वास्थ्य समूह, प्रहरी सेवाको प्राविधिक प्रहरी समूह अन्तर्गतको स्वास्थ्य उपसमूह वा सशस्त्र प्रहरी सेवाको प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य उपसमूहको स्थायी पदमा कार्यरत, “सरकारी विश्वविद्यालय वा प्रचलित कानून बमोजिम स्थापित प्रतिष्ठानको स्थायी पदमा स्थायी रुपमा कार्यरत, विकास समिति ऐन, २०१३ बमोजिम गठित संस्थाको स्थायी _पदमा लोकसेवा आयोगले निर्धारण गरेको प्रक्रिया पुरा गरी नियुक्ति पाई स्थायी रुपले कार्यरत वा. नेपाल स्वास्थ्य सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भई वा प्रदेश लोकसेवा आयोगबाट स्थायी नियुक्ति पाई प्रदेश सरकार वा स्थानीय तहको स्थायी पदमा कार्यरत स्वास्थ्यकर्मी सम्झनु पर्छ।
(२) यस नियम बमोजिम सार्वजनिक शिक्षण संस्थामा भर्ना लिँदा नियम १३ बमोजिमको एकीकृत योग्यताक्रमको सूचीमा परेका सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई योग्यताक्रमका आधारमा प्राथमिकता दिई उपनियम (१) को खण्ड (ख) मा उल्लिखित सिट सङ्ख्याको अधीनमा रही भर्ना गर्नु पर्नेछ।
(३) उपनियम (१) को खण्ड (ख) बमोजिमको सिटमा आवश्यक सङ्ख्यामा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी छनौट हुन नसकेमा त्यस्तो सिट सोही उपनियमको खण्ड (क) बमोजिम खुल्ला प्रतियोगिताबाट छनौट गरिने सिट सङ्ख्यामा समावेश हुनेछ।
पर दोस्रो संशोधनद्वारा थप। १(उइक) सार्वजनिक शिक्षण संस्थामा स्नातकोतर तहमा अध्ययन गरन चाहने सरकारी चिकित्सक वा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीले त्यस्तो तहमा अध्ययन गरनको लागि नेपाल सरकार, स्वास्थ्य तता जनसङ्ख्या मन्त्रालयबाट अध्ययन अनुमति लिई दरखास्त साथ पेश गर्नु पर्नेछ।
(४) सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीले सेवालाई उपयोगी र् आवश्यक पर्ने विषयमा निजी प्रयासमा स्वदेशी शिक्षण संस्थामा अध्ययन गर्न चाहेमा निजले सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम पूर्व स्वीकृति लिई नियम १२ बमोजिम सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको दरखास्त फाराम भर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिमको सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीले एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरी उपनियम (१) को खण्ड (क) बमोजिमको सिटमा योग्यताक्रमको आधारमा अध्ययन गर्न पाउने भएमा निजले सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम अध्ययन विदा स्वीकृति गराई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सक्नेछ।
(६) उपनियम (१) को खण्ड (ख) बमोजिमको सिटमा आवेदन गर्न चाहने योग्यता पुगेका सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीबाट आवेदन लिई प्रत्येक वर्ष एकीकृत प्रवेश परीक्षा हुनु अगावै आयोगले तोकेको अवधिभित्र सोको सूची सेवा समूह सञ्चालन गर्ने नेपाल सरकारको सम्बन्धित मन्त्रालय वा प्रदेश वा स्थानीय तहको हकमा सम्बन्धित प्रदेश वा स्थानीय तहले आयोगलाई उपलब्ध गराउनु पर्नेछ।
(७) सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी छनौट भई सम्बन्धित सार्वजनिक शिक्षण संस्थामा भर्ना भई बिचैमा अध्ययन छाडेमा वा छनौट भएको विषयमा भर्ना नभएको कारण त्यस्तो सिट सो वर्ष खाली हुन गएमा त्यस्तो स्वास्थ्यकर्मी नियम १२ बमोजिम सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा आगामी दुई वर्षसम्म सहभागी हुन पाउने छैन।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजी शिक्षण संस्थामा स्नातकोत्तर तह अध्ययनको लागि विद्यार्थी छनौट गर्ने सम्बन्धी व्यवस्था ऐन तथा यस नियमावलीको प्रतिकूल नहुने गरी आयोगले निर्धारण गरे बमोजिम हुनेछ।
(९) ऐनको दफा १७ को उपदफा (४) बमोजिम निजी शिक्षण संस्थाले स्नातकोत्तर तहमा उपलब्ध गराएको छात्रवृत्ति सिटमा खुला तर्फको एकीकृत योग्यताक्रमको सूचीमा रहेका उम्मेदवारबाट छनौट गरिनेछ।
१ दोस्रो संशोधनद्वारा थप। (१०) विदेशी मुलुक वा शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो भन्दा माथिको तहमा अध्ययनका लागि नेपाल सरकारलाई प्राप्त हुने छात्रवृत्ति सिटमा नियम १६ को उपनियम (१) बमोजिमको सरकारी चिकित्सकबाट छनौट गरिनेछ।
(११) नेपाल सरकार र विदेशी मुलुकको सरकार बीच भएको सम्झौता बमोजिम कुनै विदेशी विद्यार्थीलाई अध्ययनको लागि सिट उपलब्ध गराउनु पर्ने भएमा स्नातक तहको हकमा नेपाल सरकारलाई प्राप्त हुने छात्रवृत्ति तर्फको सिटबाट र स्नातकोत्तर तहको हकमा उपनियम (१) को खण्ड (ख) बमोजिमको सिटबाट उपलब्ध गराउनु पर्नेछ।